खरायो र सिंह रिमिक्स-1


एउटा जंगलमा एउटा राजा सिंह र अरु जनावरहरु थिए । उसले एकदिन सबै जनावरलाई पालैपालो खाने भनेर बोलेएछ । धेरै जनावरलाई सिंहले खाइसकेपछि खरायोले जुक्ति निकालेछ । सिंहले बोलाएको समयभन्दा ढिलो पुगेको खरायोदेखि सिंह रिसाएको थियो ।
खरायो सिंहको छेउमा पुगेपछि उसले तपाईजस्तै अर्को सिंहले आफूलाई अवरोध गरेका कारण आफू ढिलो आएको कुरा दसा्रयो । खरायोले भनेछ 'तपाईजस्तै अर्को सिंहले तँ उता नजा म नै तलाई खान्छु भनेर भन्यो ।' अरु आफू एकपल्ट भए पनि तपईलाई भेटेर फर्की आउँछु भनेर मात्र आउन पाएको पनि सुनायो । खरायोले सिंहलाई अर्को सिंह देखाउन नजिकैको इनारमा लगेछ । इनारभित्र पानीभित्रको उसैको छाँया देखाएर 'तपाईजस्तै सिंह यहाँ छ' भनेर हेर्न लगायो । तर सिंहमा कुनै परिवर्तन नआएपछि खरायो अचम्मित भयो । सिंहले उल्टै खरायोलाई एक झापड हानेर भन्यो 'मलाई झुक्याउन खोजेको ... यो कथा त मैले ४ कक्षामा नै पढेको थिएँ ।'

No comments:

Post a Comment