राजनीतिभन्दा श्रम प्यारो


इटहरी/सुन्दै गज्जब लाग्ने उनको जीवनले जतिबेला कोल्टे फेर्दै थियो त्यतिबेला उनका समकालीनहरूसमेत तीनछक्क परेका थिए । कुरा एउटा युवकको हो जस्ले तत्कालीन शाही नेपाली सेनाको जागिरबाट हात धुनासाथ जीवनमरणको शत्रु ठानेको माओवादीमा प्रवेश ग¥यो । कुनै सामान्य कारण थिएन उनको जीवनले कोल्टे फेर्नुमा । 
दुई बर्से सेनाको जागिर दुर्घटनामा परेपछि छाँडेका पूर्वी पहाडी जिल्ला भोजपुरका २५ बर्से सुरज राईको जीवनकहानी सुन्ने जो–कोहीलाई हिन्दी फिल्मको चल्तीको कहानी सुनेझैँ लाग्छ ।  आमने–सामने जीवनमरणको युद्ध लड्दाकै बखत सेनाको बख्तरबन्दबाट झरेर मुस्किलले बाँचेका उनै राईको जीवन जब राजनीतितिर तानियो र सुरु भयो उनको विपरित जीवनको सुरुवात । 
यतिबेला त्यही राजनैतिक पार्टीको कोचिला राज्य समितिस्तरको नेता भएर पनि उनी चर्चाबाट टाढा छन् । सुनसरी इटहरीमा बस्दै आएका उनले बाँच्नलाई कसैको सहारा चाहिएको छैन न त चाहिएको छ राजनैतिक सहयोग । काम गरे अर्काको मुख ताक्नु पर्दैन भन्ने मान्यताका राईले इटहरी–५ जनता बस्तीमा कुखुराको मासु बेच्दै परिवार धान्दै आएका छन् । 
६० सालमा सेनाको जागिर सुरु गरेका राई ‘कर्तब्यपालन’को शिलशिलामा खोटाङमा २०६१ सालमा दुर्घटनामा परेपछि काठमाडौँ उपचारको क्रममा पुग्नु नै उनको जीवनले कोल्टे फेर्नुको कारण बन्यो । त्यहीँ उनले एकीकृत माओवादीका झक्कुपसाद सुवेदी र श्रीप्रसाद जबेगुलाई भेटेपछि माओवादीसँग उनको सामिप्यता बढेको हो । 
युद्धबाट राजनैतिक रूपान्तरण हुँदै आएको एकीकृत माओवादीले उनीजस्ता सैनिक तालिम पाएका युवकहरूको खोजी त्यतिबेला नगरेको होइन । तर आमनेसामने लडेका सेना र प्रहरीका जागिरेहरूले माओवादीलाई पत्याउने कुरै थिएन । दुश्मनसँग मिलेर काम गर्न कसको इच्छा हुन्छ र तर भोजपुरे यी राईले समाज परिवर्तनको कुरा नबुझेको भए यिनी पनि वैदेशिक रोजगारीको शिलशिलामा खाडीतिर श्रम बेचिरहेका हुन्थे होलान् । 
जनवादी राजनीतिले मात्रै देशको विकास हुन सक्छ भन्ने बुझेका यी युवक काम नगरी परिवर्तनको चाहना पूरा हुँदैन भन्ने मान्यता राख्छन् । त्यसैले एकीकृत माओवादीको कोचिला राज्य समितिको कार्यसमितिमा रहेर पनि अरूका नजरमा तल्लोस्तरको ठानिने कुखुरा काटेर जीविकोपार्जन गर्दै आएका छन् । 
पार्टीका साथीभाइहरूले ‘यत्रो ठूलो नेता किन कुखुरो काटेर बस्छस्’ भनेर नगिज्याएका होइनन् । उनी भन्छन्, ‘पार्टी कामलाई महत्वका साथ हेरेको छु र फुर्सदमा हावा गफ गर्नुभन्दा आयआर्जनको बाटो रोजेको हुँ ।’ एकीकृत माओवादीका स्थानीय तहका नेता कार्यकर्ताहरू चन्दा उठाउन, हुलहुज्जत गर्न न्याय दिने भन्दै जबरजस्ती गर्न गाउँगाउँमा परिचालन भएको उनलाई पटक्कै मन परेको छैन । श्रमिकहरूको पार्टीको कार्यकर्ता भएर आपूm केही नगर्ने तर श्रमिकविरोधी काम गर्ने आप्mनै पार्टीका कार्यकर्ताहरूप्रति उनी कटाक्ष प्रकट गर्छन् ।

No comments:

Post a Comment