मृत्युका साक्षी



इटहरी/जन्मेपछि मर्नुपर्ने अनिवार्य शर्तलाई हृदयदेखि नै मनन् गर्ने कति होलान् - यही कटुसत्यलाई सधैं आत्मसात गर्ने इटहरीका साठी बर्षो ज्ञानप्रसाद पौडेल बूढी घाटको मुर्दा पोल्ने जिम्मा लिएर निरन्तर खटिरहेका छन् ।
ठूलो-सानो, धनी-गरिब केही नहेरी उच्च मानवीय कर्तव्यबोधका साथ सबैका लासहरुलाई बूढीखोलाको आर्यघाटमा चिता बनाउनेदेखि लिएर लासलाई पूरै समय लगाएर पोल्ने एकमात्र अभिभावकको रुपमा उनलाई आसपासका र्सवसाधारणले चिन्छन् ।
त्यसो त, उनले नाम वा प्रशंसा कमाउन यो काम गरेका भने पक्कै होइनन् । तीसको दशकदेखि मलामीका अभिभावक बनेर सधैं घाटमा पुग्ने उनी मरेकाहरुको दाहसंस्कार गर्न पाउँदा दंगदास भेटिन्छन् । इटहरी साप्ताहिकको एक भेटमा उनले भने, 'मलामी गएर डायरीमा नाम लेखाउनेहरुबाट मृतकका आफन्तजनहरुले मौखिक संवेदना मात्र पाउने तर सहकार्य नभएको पाएको छु ।'
घाटमा लास पुर्‍याउनेबित्तिकै घरतर्फर्फकने मलामीहरु भीड बढाउन मात्र मलामी बन्ने गरेको बताउँदै अन्तिम संस्कारमा ल्याइएको लासको कर्मकाण्डीय हिसाबले संस्कार भई नसक्दै आफन्तजनलाई एक्लो पारेर घाटमा छाड्नु नहुने उनको भनाइ छ ।
उनले हालसम्म तीन सय ५० भन्दा बढी मृतकको अन्तिम संस्कार गर्न भ्याएका छन् । अन्तिम संस्कार गर्न ल्याइने लासमा कतिपय आफन्तजनले आगो लगाउन आँट नगर्दा मलामीहरुको खाँचो पर्ने गर्छ । हो, यही काममा उनी दिनरात समर्पित छन् । बूढीघाट नजिकैको मिलन चोकका स्थायी बासिन्दा पौडेलले पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको समेत शव दाह गर्न भ्याएका छन् ।

No comments:

Post a Comment