लाटोकोसेरो


लाटोकोसेरो एक किसिमको चरो हो । यसले सानासाना जनावरहरूको शिकार गर्ने गर्दछ । लाटोकोसेरो दिनमा एकैठाउँमा बसिरहने र राती मात्र शिकारमा निस्कने भएकाले यसले आँखा नदेख्ने धेरैको अनुमान छ । लाटोकोसेरोलाई संस्कृत भाषा उलूक, धूक, दिवान्ध इत्यादि भनिन्छ। यिनका आफ्नै प्रकारका अर्थ छन् ।
लाटोकोसेरोको आँखा खप्परमा टाँसिएका र स्थिर हुन्छन् । अनि विशेष तेजिलासमेत पाइन्छन् । यिनीहरूको घाँटी लचिलो हुने भएकोले यताउती हेर्नुपर्दा यिनीहरू घाँटी नै घुमाएर व्यापकतासाथ हेर्ने काम गर्दछन् । दिनमा आँखा नदेखेपनि यस चरोले रातमा चाहिँ जस्तोसुकै अँध्यारोमा पनि आँखा देख्तछ । यसको श्रवणशक्ति पनि दिनमाभन्दा रातमा बढी हुन्छ । त्यसैले यस जातका चराहरू रातमा सिकार गर्न ज्यादै चलाख र सिपालु मानिन्छन् । अतः यिनीहरू आफ्नो आहारा राती राती यताउता डुली जुटाउँछन् । मांसाहारी भएकोले यिनको आहारा चरागुरूङ्गीका सा-साना बचरा, किराफट्याङ्ग्रा, चरामुसा तथा पशुमांससमेत हो । उडाइमा यी बेगवान् मानिन्छन् । यिनका प्वाँख नरम, मुलायम र मिहिन हुन्छन् । यसैले पखेटा फैलाई तेजिलोसँग भएको यिनको उडान शान्त हुन्छ, ज्यादै बेगिलो भए पनि थाहा नै नपाइने खालको हुन्छ । (नेपाली विकिपीडियाबाट)




लाटोकोसेरोसम्बन्धी थप जानकारीका लागि तलको लिंकमा जानुहोला ...

No comments:

Post a Comment